काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूबाट अनुशासन इन्चार्ज (डीआई) हटाउन निर्देशन दिएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सबै विद्यालयलाई सर्कुलर गरी डीआई हटाउन भनेका हुन् । काठमाडौँ महानगरपालिकाभित्र संचालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज डिसिप्लिन इन्चार्ज (डीआई) राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’ पत्रमा उल्लेख छ ।



डीआईका कारण बिद्यार्थी प्रताडीत भएका घटनाहरु एक पछि अर्को गर्दै सावर्जनिक भएपछि महानगरले यस्तो निर्णय गरेको हो ।



