काठमाडौं । डिजिटल सिकाइ केन्द्र नेपालले अनलाइन माध्यमबाट सञ्चालन हुँदै आएको वैदिक कर्मकाण्ड तथा ज्योतिष प्रशिक्षण कार्यक्रमका लागि नयाँ भर्ना खुला गरेको छ ।

संस्थाले काठमाडौंस्थित आफ्नो केन्द्रबाट अनुभवी गुरुहरूको माध्यमबाट ३ महिना, ६ महिना र १ वर्षे अवधिको प्रशिक्षण सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाका अनुसार सामान्य लेखपढ गर्न सक्ने जो–कोहीले पनि उक्त तालिममा सहभागी हुन सक्नेछन् । नाम दर्ता तथा भर्ना गर्ने अन्तिम मिति २०८२ फागुन ३० गतेसम्म तोकिएको छ भने कक्षा २०८२ चैत ९ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

प्रशिक्षणमा ज्योतिष र कर्मकाण्ड विषय समेटिएको छ । बिहानको सत्रमा ज्योतिष कक्षा बिहान ६ बजेदेखि ७ बजेसम्म र कर्मकाण्ड कक्षा बिहान ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ। त्यसैगरी साँझको सत्रमा ज्योतिष कक्षा साँझ ७ बजेदेखि ८ बजेसम्म तथा कर्मकाण्ड कक्षा साँझ ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ ।

संस्थाले विदेशमा रहेका नेपाली, जागिरे व्यक्तिहरू, सरकारी सेवामा रहेका तथा सेवामुक्त व्यक्तिहरूका लागि पनि अनलाइन माध्यमबाट घरमै बसेर अध्ययन गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

भर्नाका लागि इच्छुकले Google मा www.merotuition.com  टाइप गरी वेबसाइटमार्फत साइनअप गर्न सक्नेछन् । साथै ९८१८३५१०९२ नम्बरमा फोन वा WhatsApp मार्फत सम्पर्क गर्न सकिने तथा info@merotuition.com मा इमेल पठाएर पनि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय