काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ । संविधान दिवसको अवसर पारेर आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित नरहने बताउनु भयो । उहाँले चक्रपथ, नागढुङ्गा, क्षेत्रमा पनि बिस्तार गर्दै लैजाने प्रतिवद्धता उनको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले यात्रुको चाप हुने समयमा दू्रत बस चल्दा यात्रुलाई सहज हुने र सवारी व्यवस्थापनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । यात्रुहरुका लागि भने भोलिबाट मात्रै नियमित सञ्चालनमा आउने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय