काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी भेला भएर उनको स्वागत गरेका छन् ।

यसअघि पूर्वराजा शाह बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको थियो ।

उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । पूर्वराजाको स्वागतमा पुगेकाहरुको प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आँकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय