काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अल्फा अटोमोटिभ प्रालिले बुलेट राइडको आयोजना गरेको छ ।
माउन्टेन भ्यू २०२३ नामक यो बुलेट राइड टेकुबाट सुरु गरी ककनी हुँदै बालाजुमा आएर सम्पन्न भएको थियो । शनिबार विहान ८ बजेबाट सुरुभएको राइडमा काठमाडौ, भक्तपुर र ललितपुरका गरी ६५ जनाले सहभागिता जनाएका थिए । जसमा ३ जना युवती पनि सहभागी थिए ।




रोयल एन्फिल्डको आधिकारिक बितरक अल्फा अटोमोटिभ प्रालि टेकुले २४ किलोमिटर बुलेट राइड गराएको हो । रोयल एन्फिल्ड्का विभिन्न ४ ब्रान्डका मोटरसाइकल राइडमा प्रयोग गरिएको थियो ।
स्रोत: उत्तम कार्की



