काठमाडौं । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मच्छेनारायण मन्दरिमा पुजा गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।
यस वर्ष पुरूषोत्तम मास परेकोले चन्द्रागिरि नगरपालिका–९ स्थति मच्छेनारायण मन्दिरमा जात्रा लागेको हो । हरेक पाँच वर्षमा दुई पटक लाग्ने मलमास अर्थात पुरूषोत्तम मास यस वर्ष श्रावण २ गतेदेखि श्रावण मसान्तसम्म लागेको छ । मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास रहि आएको छ । भगवान् विष्णुका दश अवतार मध्ये पहिलो मत्स्य अवतार यहीको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । मत्स्यनारायणका रूपमा भगवानले पहिलो अवतार लिएको स्थान भएकोले पनि नेपालबाट मात्र नभई छिमेकी देश भारतबाट समेत लाखौं श्रद्धालु भक्तजन पुजा र स्नानका लागि यहाँ आउने गरेका छन् ।



एक महिना लामो मेलामा मच्छेनारायणको पूजा पुरुषोत्तम महात्म्य वाचन गरिन्छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने धर्मग्रन्थमा उल्लेख छ ।



