काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आज बिहान निधन भएको हो । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि रिजालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

श्रद्धाञ्जलीका लागि रिजालको शव अहिले ११ बजेदेखि राष्ट्रिय सभागृहमा राखिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । रिजालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय