काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगर भित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने चेतावनी दिनुभएको छ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नहटाएसम्म महानगर भित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने बताउनु भएको हो ।

सामाजिक सञ्जालमार्फत् मेयर साहले नेपालमा मात्र नभई भारतमा समेत नसच्याएसम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिनुभएको हो । मेयर साहले उक्त शब्द सच्चाउन तीन दिनको समय दिनुभएको छ ।

यसैबीच, नेपाल चलचित्र सेन्सर बोर्डले उक्त शब्द नहटाएसम्म चलचित्र प्रदर्शनको अनुमति नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय