काठमाडौं । काठमाडौं महानगरपलिकाले ९ सय १२ जनालाई रोजगारी प्रदान गरेको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले विभिन्न क्षेत्रमा ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी रोजगारी प्रदान गरेका हुन् ।



काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको जनाएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरी ६०२२ जनाले तालिम लिएका थिए ।
यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएको छन् ।



