काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री निवास बालुवाटारसहित पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । संसद् भवन नयाँ बानेश्वरमा संसद् भवनको चारैतर्फको सडकसम्म, संसद् भवनको दक्षिण मोड (यातायात व्यवस्था विभाग) देखि पूर्वतर्फ मिनभवन चोकसम्म निषेधित क्षेत्र तोकिएको छ । यस्तै सिंहदरबार पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डलासम्म, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, बबरमहलस्थित जिल्ला अदालत मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

 

 

दुर्गा प्रसाईं र युवा संघले मंसिर ७ गते आयोजना गर्न लागेका छुट्टाछुट्टै कार्यक्रमबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप निषेधित क्षेत्र घोषणा गरेको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय