काठमाडौं । २९ औँ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए । खेलमा महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको टीमलाई कर्मचारीको टीमले ३ को बिरुद्ध ५ गोल हानेको छ । महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो ।जनप्रतिनिधि र कर्मचारी बिचको मैत्री खेल उदाहरण भएको भन्दै महानगरले यस्ता कार्यक्रमले आन्तरिक समन्वयलाई बिम्बित गर्ने विश्वास लिएको छ ।

 

महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय