काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लीगमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।

शनिबार भएको लीग चरणको खेलमा भारतमाथि नेपालले ऐतिहासिक जीत निकालेको थियो । आज इरानसँग हुने खेलमा नेपाली महिला टोली उच्च मनोबलका साथ खेली आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ ।

लीगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान पनि ५ अंकका साथ तेस्रो स्थानमा छ । समान ३ खेल खेलेको भारत ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । २ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो स्थानमा छ । खेलबाट अंकविहीन मालदिभ्स अंक तालिकाको पुछारमा छ ।

नेपालले लीग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो । इरानले शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय