काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलमा भारत फाइनलमा प्रबेश गरेको छ । उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको सेमीफाइनल खेलमा उज्वेकिस्तानलाई भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ ।



यस्तै नेपाल र काजकास्तान बीचको दोस्रो सेमीफाइनल खेल जारी छ । उपाधिका लागि भारतले नेपाल र काजकास्तान बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जेठ १४ गते हुनेछ ।



