काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो । पहिलोले ३ घरमा पूर्ण क्षति पु¥याएको थियो । २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्न सके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्कविहीन भएको हो । काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । काभ्रे बनेपा न.पा. १४ थालचोकमा अबिरल बर्षाको कारण पहिरोले घर बगाई २ जना बेपत्ता भएको प्र.चौ. साँगाका प्र.ना.नि. रुपेश श्रेष्ठले जानकारी दिए । पनौती न.पा १२ कलाँतीमा पहिरोले गोपाल तिमल्सिनाको घर पुरिदा ४ जना पुरिएकोमा ३ जनालाई जिबितै उद्धार गरिएको, १ जना बेपत्ता रहेको प्रहरी चौकी रोशीका खड्क प्रसाद देबकोटाले जानकारी दिए । नमोबुद्ध न.पा. २ श्यामापाटीमा पहिरोमा परि दुई जना बेपत्ता भएको प्र.स.नि. नबराज कार्कीले जानकारी दिए । अरनिको राजमार्ग पुलबजार तथा भक्तपुर देखि- नाला हुँदै आउने दुबै सडक अवरुद्ध । अरनिको राजमार्ग अन्तरगत खावा-धुलिखेल सडकको विभिन्न स्थानमा पहिरो गएको कारण सडक अवरुद्ध भएको छ।पहिरोले दुईवटा गाडी पुरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय