जिल्ला कारागार कार्यालय काभ्रेमा रहेका डेढ सय भन्दा बढी कैदी बन्दी रोजगारमा सग्लन रहेका छन । कारागारमा गलैचा, मुढा, पर्स, पोते बुन्ने र थान्का लेखनवाट बन्दीहरुले राम्रो आम्दानी गर्दै आएका हुन ।

जिल्ला कारागार कार्यालय काभ्रेमा विभिन्न सिपमुलक उद्योग सञ्चालनमा ल्याइएको छ । जिल्ला कारागार कार्यालय काभ्रेले गलैचा, मुढा, पर्स, पोते बुन्ने र थान्का लेखनको कार्यमा कैदीबन्दी संलग्न छन् । आफ्ना लागि कपडा सिलाउने, कपाल तथा दारी काट्ने लगायतका काममा पनि थुनुवा कैदीहरुले रोजगार पाएका छन । जेल भित्र बसिरहँदा ब्यक्तिको दिमागमा गलत सोच नआओस भन्ने उदेश्यले सञ्चालन भएका उद्योगले राम्रो आम्दानी भैरहेको कैदी बन्दी बताउछन । गलैचा बुन्नेले जेल भित्रै मासिक १० हजार भन्दा धेरै आम्दानी गरिरहेका छन ।

जिल्ला कारागार कार्यालय काभ्रेका अनुसार भक्तपुरका नवराज केसीले अघिल्लो दुई वर्षको अवधीमा १९ वटा थान गलैचा बुन्ने मेशिन कारागारमा जडान गरेका छन । ति मेशिनमा ३८ जनाले प्रत्यक्ष रोजगार पाएका छन ।

गलैचा पछि मुढा बुन्ने काममा समेत ४५ भन्दा धेरै कैदीबन्दी सग्लन छन । यसबाट पनि मासिक ८÷१० हजार आम्दानी हुने गरेको छ । पोते बुन्ने उद्योगमा ३५ भन्दा धेरैले रोजगारी पाएका छन । उद्योगमा रमाउन थालेपछि जेल बाहिर नै भए जस्तो महसुस हुने गरेको उनीहरुको प्रतिक्रिया छ ।

कारागार भित्र थान्का लेखन पनि शुरु भएको छ । थान्का लेखनमा दुई जना मात्रै सहभागि छन् । उद्योगसँगै पुस्तकालय, कम्प्युटर सिक्ने लगायतका कार्यहरुका लागि ब्यस्थापन गरिरहेका जिल्ला कारागार कार्यालयले जानकारी दिएको छ । जिल्ला कारागार कार्यालय काभ्रेको क्षमता ८५ जनाको भएपनि हाल २ सय ८९ जना कैदीबन्दी राखिएका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय