नेपालगञ्ज – नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको नेपालगंज कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले जनाएका हुन ।

बुधबार बिहान करिब ४ बजे मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि भेरी अस्पतालमा पुरÞ्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जेलर शाहले जनाएका हुन् । मृतक जोलाह तीन महिनाअघि गत पुष १७ गते जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय