काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिंदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यदलले अन्तिम टुंगो लगाएर हस्तान्तरण गर्ने गरी मस्यौदा निर्माण भइरहेको छ । कार्यदलले प्रधानमन्त्रीलाई



मस्यौदा हस्तान्तर गरेपछि शीर्ष तहमा आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरी न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।
साझा कार्यक्रममा महत्वाकांक्षी कार्यक्रमभन्दा पनि तत्काल गर्न सकिने आर्थिक सुधार, सुशासन र सेवा प्रवाहलगायतका विषय समेटिएको रास्वपाका प्रवक्ता एवं कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिनुभयो ।



