काठमाडौं । कालिका मानवज्ञान माध्यमिक विद्यालयका एक शिक्षकलाई विद्यालयले कारवाही गरेको छ ।
लुम्बिनी प्रदेश बुटवल–१० रुपन्देहीको विद्यालयले विद्यालयको आचरण सहिंता तथा नियम विपरित कार्य गरेको भन्दै शिक्षकलाई हटाएको हो ।



भदौ २४ गते जिनजीको प्रदर्शनको क्रममा शिक्षक शिवशंकर शुक्ला बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा प्रत्यक्ष संलग्न रहेको पत्रमा उल्लेख गरिएको छ । प्रधानाध्यापक दिनेश थापाले शिक्षक शुक्ला अनियमिततामा प्रत्यक्ष संलग्न रहेकैले विद्यालयबाट हटाइएको भनि सूचना जारी गरिएको छ ।




