नवलपरासी । नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको जनाएको हो ।

अनकन्टार पहाडमा दुर्घटना भएकोले उद्दार कार्यमा ढिलाई हुन पुगेको प्रहरीले जनाएको छ । घाइतेलाई नवलपुर र मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।

जीपमा क्षमताभन्दा बढी यात्रु बोकेकोले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय