१. विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन् गर्नुहोस् ।

२. अनावश्यक रुपमा विषादीको प्रयोग नगर्नुहोस्-नगराउनु होस् ।

३. विषादी खरिद गर्नुपूर्व प्राविधिकको अनिवार्य सल्लाह लिनुहोस् ।

४. तालिम प्राप्त र ईजाजत पत्र प्राप्त विषादी खुद्रा विक्रेताहरुबाट मात्र विषादी खरिद गर्नुहोस् ।

५. विषादी खरिद गर्दा पंजिकृत, सुरक्षित र प्रभावकारी विषादी छान्नुहोस् ।

६. पंजिकरण नभएका र प्रतिबन्धित विषादी बारे जानकारी राख्नुहोस् र त्यस्ता विषादी खरिद नगर्नुहास् ।

७. विषादीको सुरक्षित तरिकाले भण्डारण गर्नुहोस् र बाल बच्चाहरुको पहुँच देखि टाढा राख्नुहोस् ।

८. सहि विषादी, सहि मात्रामा, सहि समयमा र सहि तरिकाले प्रयोग गर्नुहोस् ।

९. विषादी चलाउँदा सुरक्षात्मक पहिरनको अनिवार्य प्रयोग गर्नुहोस् ।

१०. विषादी प्रयोग गरिसकेपछि पर्खनुपर्ने समय व्यतित नभएसम्म बाली टिपेर खाने र बेच्ने नगर्नुहोस् ।

११. भण्डारणमा लाग्ने रोग कीरा नियन्त्रणमा लागि सकभर स्थानीय प्रविधि अवलम्वन गर्नुहोस् । रासायनिक विषादी प्रयोग गर्नुपरेमा सुरक्षित विषादी सावधानीपूर्वक गर्नुहोस् र उपभोगपूर्व प्रतीक्षा अवधिको अनिवार्य ख्याल गर्नुहोस् ।

१२. विषादीका खाली भाँडाहरु (डिब्बा, प्याकेट) सुरक्षित तरिकाले नष्ट गर्नुहोस्, जथाभावी नफाल्नुहोस् ।

नेपालमा प्रतिबन्धित विषादीहरु

१. क्लोरोडेन

२. डी.डी.टी.

३. डाइएल्ड्रिन

४. इन्ड्रिन

५. अल्ड्रिन

६. हेप्टाक्लोर

७. माईरेक्स

८. टोक्साफेन

९. वी.एच.सी.

१०. लिन्डेन

११. फस्फामिडन

१२. अर्गानो मर्करी कम्पाउण्ड

१३. मिथाइल पाराथियन

१४. मनोक्रोटोफस

१५. इण्डोसल्फान

विस्तृत जानकारीको लागि नगरपालिका र गाउँ पालिकाको कृषि शाखामा सम्पर्क राख्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय