काठमाडौं । कुटपिट गरी हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेत लेकबेसी गाउँ पालिका वडा नं. २ स्याथी घर भई कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पाँचथर तुम्लिङ गाउँपालिका ५ घर भई बुढानीलकण्ठ–१० कपन बस्दै आएका ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ घरभई सोही ठाउँमा बस्दै आएका ३५ वर्षीय भूवन श्रेष्ठ र इलाम माइ नगरपालिका–२ घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने २७ वर्षीया बिमला भट्टराईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको र प्रहरी बृत्त बौद्धले थप अनुसन्धान गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय