केदारनाथबाट फर्किने क्रममा उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। यस दुखद घटनामा पाइलट र एक बच्चासहित पाँच जनाले ज्यान गुमाएको दैनिक भाष्करले उल्लेख गरेको छ।

मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनास्थलमा तत्काल खोज तथा उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार केदारनाथ मन्दिरको दर्शनपश्चात गौरीकुण्डतर्फ जाँदै गर्दा खराब मौसमका कारण आर्यन एभिएसन कम्पनीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। उत्तराखण्ड नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरू सवार थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय