सुनसरी- नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गरेका छन् । आज सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री उनले सो सवस्टेशन उदघाटन गरेका हुन ।सवस्टेशनको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले अबको डेढ वर्षमा शतप्रतिशत जनतालाई विद्युतको पहँच पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका हुन । उनले सरकारले ठूला क्षमताका प्रसारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए । प्रधानमन्त्री दाहालले केही समयमै नेपाल सम्पुर्ण रुपमा उज्यालो हुने दाबी समेत गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय