काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ सस्तो भएको हो । आज छापावाल सनु प्रतितोला १ लाख २० हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



चाँदीको मूल्य भने प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ ।



