कोरला नाका व्यवसायीक रुपमा संचालनका लागि पोखराका व्यवसायीहरुले चासो देखाएका छन् । नाका संचालन लागि व्यवसायीले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण समेत गराएका छन् । बाढीका कारण केरुङ नाका अवरुद्ध भइरहेको अवस्थामा कोरला नाका विकल्पको रुपमा प्रयोग गर्न सकिने भन्दै व्यवसायीले मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साउन ६ देखि १२ गतेसम्म चीनको तिब्बततर्फ प्रस्थान गर्दैहुनुहुन्छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पाण्डे तिब्बत जान लाग्नु भएको हो । उहाको यो भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक अवसर बनाउनुपर्नेमा पर्यटन व्यवसायीहरूले जोड छ । केरुङ नाका बारम्बार अवरुद्ध भइरहेकाले पनि कोरला नाका विकल्पको रूपमा प्रयोग गर्न सकिने तर्फ व्यवसायीले मुख्यमन्त्री पाण्डेलाई पहलका लागि आग्रह गरेका हुन् । पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै विगतमा जस्तो सुरक्षा चुनौती नरहेको र नेपाल तर्फ पनि पूर्वाधारमा सुधार भइरहेकाले नाका खुलाउन पहल गर्नुपर्ने माग गरेको छ । ।

मुख्यमन्त्रीको भ्रमणका क्रममा मुस्ताङको कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्ण सञ्चालनमा ल्याउन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सीधा उडानका लागि पहल गर्न पनि व्यवसायीको आग्रह छ । चीन सरकारले मानसरोवर नजिकैको अलीस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिरहेको सन्दर्भमा पोखराबाट त्यहाँ सीधा उडानका लागि पहल गर्न उनीहरूको सुझाव छ । साउन ७ गते नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । भ्रमणका क्रममा समकक्षीसँग पाण्डेका औपचारिक भेटवार्ता हुनेछ । मुख्यमन्त्री पाण्डेले आफ्नो भ्रमण मुख्य चारवटा एजेन्डामा केन्द्रित रहने जानकारी दिनुभएको छ । कोरला नाका, पोखरा विमानस्थल सञ्चालन र दुई देशबीचको व्यापार सहजीकरणका विषयलाई विशेष प्राथमिकताका साथ उठाउने पाण्डेले बताउनु भयो ।

नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका हो । कोरोला नाकामा चिन तर्फ भब्य संरचना बनेका छन् । नेपाल तर्फ पनि भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि पूर्वाधार भने बनेका छैनन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय