काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ ।

मंगलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरुद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउदै प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरुलाई अवरोध सिर्जना नगर्न आग्रह गरेका छन । कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रुपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने उनले बताए ।कोशी प्रदेश नामाकरणमा एमालेसहित नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएकाले नेकपा एमालेलाई मात्रै निशाना बनाइ गरिने अवरोध लोकतान्त्रिक हुननसक्ने उनको भनाई छ । यसैबिच, संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । बाटोमा रुख ढाल्ने, ढुंगा हान्ने जस्ता गतिविधि गरेर आतंक फैलाउने काम भएपछि यसको नेतृत्व गरेका किरातीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनकारी दिएको छ । किराँती खोटाङको हलेसीबाट प्रक्राउ परेका हुन । कोशी प्रदेशको पुननामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो । सोही घोषणा अनुसार पहाडी जिल्लामा बन्द आह्वान भएको हो । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सहभागि छन् ।

 

प्रदेशको नाम नमान्ने घोषणा गरेको पहिचान पक्षधरले कोशीको पक्षमा बोल्ने एमाले नेतालाई निषेध गर्दे आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय