कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ थालेका छन । कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको पत्रयात्रा आज देखि १६ गतेसम्म सञ्चालन हुनेछ । आज विहान मेचीनगर–१ बाहुनडाँगीको प्रसाद गौडाबाट पदयात्रा सुरु भएको हो ।

जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलोमिटरको दूरीलाई पदयात्राले छिचोल्ने भएको छ । पदयात्रामा सङ्घीय सरकारका बन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायतको सहभागिता रहने छ । जङ्गली हात्तीको परम्परागत जैविक मार्गलाई पछ्याउँदै पदयात्रा अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय