काठमाडौं । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुत्त हुनुभएका नेपाली कांग्रेसका उद्धव थापा अबैधानीक प्रकृयाले मुख्यमन्त्रीमा नियुत्त भएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।



प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइ निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वारेस मार्फत शुक्रबार सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो । सोही रिटमा आइतबार सुनुवाइ हुन लागेको हो ।
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको भन्दै कार्की सर्वोच्च अदालतमा पुग्नु भएको हो । कार्कीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख खापुङले थापालाई शुक्रबार मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो । सभामुख गौतमले थापालाइ मुख्यमन्त्रीमा दाबी पेश गर्दा समर्थन गर्नुभएपछि एमाले त्यसको बिरुद्ध अदालत पुगेको हो ।



