‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा चर्च व्वाईज यूनाईटेडले (३-०) गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३-०) ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

चर्च व्वाईज यूनाईटेडका खेलाडी सुशान श्रेष्ठ (३६ मिनेट), विशाल बस्नेत (४७ मिनेट) र आरजु सिंह (७६ मिनेट) मा गोल गरेका थिए । चर्च व्वाईज क्लबका खेलाडी विशाल बस्नेतले म्यान अफद म्याज धोषित भएका थिए भने उनलाई नगद रु ५ हजार रकम उपलब्ध गराइएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय