माननीय मुख्यमन्त्री सतिश कुमार सिंहज्युले सप्तरी जिल्लामा खानेपानीको समस्या देखिएका क्षेत्रमा तत्काल खानेपानीको प्रवन्ध मिलाउन प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालय सप्तरीको एउटा र प्रदेश सरकारवाट थप दुईवटा गरि तीनवटा ट्याङ्करवाट खानेपानी आपूर्तिको तात्कालिक व्यवस्थापन गर्न सप्तरी प्रशासनलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले अति प्रभावित क्षेत्रमा खानेपानीको आपुर्ति व्यवस्था मिलाउने गरि तत्काल कार्य सुरु गर्न निर्देशन दिनुभएको हो । यस अघि सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालले जिल्लामा खानेपानीको स्रोत घटेको सन्दर्भमा आवश्यक व्यवस्थापनका लागि माननीय मुख्यमन्त्रीज्यु समक्ष आग्रह गर्नुभएको थियो । गत असार ३२ गते सप्तरी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा प्रयाप्त पानी नपरेका कारण खडेरी भइ धानवाली लगायत अन्य वाली लगाउन पसीको अभाव भएको, किसानहरुलाई अत्यन्तै असहज अवस्था सृजना भएको र जिल्लाका धेरै जसो गाउँ वस्तीहरुमा खानेपानीको स्रोत समेत घटेको सन्दर्भमा आवश्यक व्यवस्थापनका लागि संघ तथा प्रदेश सरकार समक्ष माँग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय