काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था नरहेको बताउनु भएको छ । प्रधानमन्त्रीले राजीनामा दिइनसकेको अवस्थामा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको र संविधानलाई सबैले मान्नुपर्ने बताउनु भयो ।
कोइरालाले सधैं अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु अहिलेको आवश्यकता रहेको बताउनु भयो । कोइरालाले गिरिजाप्रसाद कोइरालाले लिएका संकल्पलाई ध्यानमा राखेर नेपाली कांग्रेस अघि बढ्न सुझाव दिनुभयो ।






