भारत एक खेल अगावै एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सुपर फोर खेलमा मंगलबार राति श्रीलंकालाई ४१ रनले पराजित गर्दै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । कोलम्बोमा जितका लागि २१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १७२ रन बनाउँदै अलआउट भयो ।

श्रीलंकाका अलराउन्डर दुनिथ वेल्लालागे ४२, धनन्जय डी सिल्भाले ४१ रनको योगदान दिए । भारतका कुलदीप यादवले ४ विकेट लिए। रविन्द्र जडेजा र जस्प्रित बुमराहले २–२, तथा हार्दिक पान्ड्या र मोहम्मद शिराजले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारत ४९ दशमलब १ ओभरमा २१३ रनमा अलआउट भएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए ।

लोकेश राहुलले ३९ तथा ईशान किसनले ३३ रनको योगदान दिए । श्रीलंकाका २० वर्षीय अलराउन्डर दुनीथ वेल्लालागेले ५ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए । चरिथ असलंकाको नाममा ४ विकेट रह्यो। महेश थिक्सेनाले १ विकेट लिए । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ । सो खेलको विजेता टोली फाइनल पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय