काठमाडौं । खोटाङमा चट्याङ लागेर तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्क गाउँपालिका–३ स्थित पातेलका २१ वर्षीय डेनिस भुजेल र ६ वर्षीया अनिशा भुजेल र १५ वर्षीया समीक्षा दर्जी घाइते भएका हुन् ।
गम्भीर घाइते भएका तीनै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले जनाएको छ ।



उपचारमा संलग्न स्वास्थ्यकर्मीले तीनै जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएका छन् ।



