काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको आयुको विषयमा संचारमाध्यममा हुने चर्चाको कुनै औचित्य नभएको बताउनु भएको छ ।
धादिङको गजुरी आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले अहिले भइरहेको हल्लाको कुनै तुक नभएको बताउनु भएको हो । प्रधानमन्त्री दाहालले गठबन्धन अब पाँच वर्षसम्म केही नहुने र यही गठबन्धनले नै देश विकासको युगतर्फ जाने उल्लेख गर्नुभयो । उहाँले आफूले देश र जनताको पक्षमा काम गर्दै जाने र जनताले नै कामको फैलाला गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।



उहाँले आफु प्रधानमन्त्रीको हैसियतमा गरिएको भारत भ्रमण सफल भएको र विपक्षीले विपक्षीको धर्म निर्वाह गरेको बताउनु भयो ।



