नेपालमा मनसुनजन्य विपद्का कारण मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । यस वर्ष मनसुन सुरु भएको एक महिनामा ६९ जनाको मृत्यु भएको छ ।

गत वर्ष सोही समयमा यो संख्या ४२ थियो । बाढीपहिरो र चट्याङका घटना तथा मानवीय क्षति धेरै भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना बृद्धि भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार गत वर्ष यो अवधिमा विपद्का ४५१ वटा घटना भएको थियो । यस वर्ष ६९१ वटा घटना भएको छ । गत वर्ष २५ जना बेपत्ता रहेकामा यस वर्ष तीनजना बेपत्ता छन् । गत वर्ष ५६ जना घाइते भएकामा यस वर्ष ८९ जना घाइते भएका छन् । बाढीबाट गत वर्ष सातजनाको मृत्यु भएकामा यस वर्ष १५, पहिरोबाट गत वर्ष १७ जनाको मृत्यु भएकामा यस वर्ष ३५ र चट्याङबाट गत वर्ष १६ जनाको मृत्यु भएकामा यस वर्ष १९ जनाले ज्यान गुमाएका छन् ।

भारी वर्षाका कारण गत वर्ष दुईजनाले ज्यान गुमाएकामा यस वर्ष यो अवधिमा कुनै मानवीय क्षति भएको छैन । प्रभावित परिवार पनि यस वर्ष कम देखिएको छ । गत वर्ष दुई हजार १ सय ६४ परिवार प्रभावित भएकामा यस वर्ष एक हजार दुई सय ७२ परिवार प्रभावित भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय