काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पछुतो लागेको बताउनु भएको छ । जीपी कोइराला मेमोरियल कलेजको बाह्रौं वार्षिकोत्सव तथा गिरजाप्रसाद कोइरालाको सतवार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कोइरालालाई पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पछुतो लागेको बताउनु भएको हो ।

गिरिजाप्रसाद कोइराला गणतन्त्रमा आउन तयार भएपछि आफूहरु पनि शान्ति प्रक्रियामा आउन तयार भएको बताउँदै प्रधानमन्त्री दाहालले देशलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा कोइराला र आफूबीच सम्झौता भएको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय