पर्वत । स्थानीयले गुणस्तर हिन निर्माण भएको भन्दै निर्माणाधिन सडकको विरोध जनाएपछि पूर्वाधार कार्यालय पर्वतले सडकको मेसिनरी वाल भत्काएको छ । फलेवास नगर पालिका वडा नं. ३ शंकर पोखरीको स्वाथ्य चौकी पुरखेस्वाँरा सडक खण्डको मेसिनरी वाल भत्काएको हो ।

३० लाख बजेटमा निर्माण हुन लागेको सडकको वाल ठेकेदार कम्पनीले गुणस्तर हिन बनाएको पाएपछि कार्यालयको टोलीले अनुगमन गरेर भत्काएको छ । तीस मिटरसम्म सडकको छेउमा लगाएको वाल स्टीमेट भन्दा बाहिर गएर गुणस्तर हिन बनाएको भेटिएपछि डोजर लगाएर भत्काएको हो । १ सय ७२ आयोजना कार्यान्वयन गरिरहेको कार्यालयले आफुहरुले मात्रै निगरानी गर्न नभ्याएको भन्दै नागरिकले गरेको खबरदारी सवल पक्ष भएको कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनु भयो ।

यमवाई कन्ट्रक्सन प्रालिले जिम्मा पाएर काम गरिरहेको आयोजनामा ठेकेदार कम्पनीले सिमेन्टको प्रयोग ज्यादै कम गरेको, मापदण्ड नै नपुराएको भेटिएको थियो । प्रदेशका आयोजनाहरु पहुँचको भरमा आउने र कुन वडामा कार्यान्वयन भएका छन् भन्ने बारे जानकारी नगराउँदा आफुहरुले निगरानी गर्न नसकेको जनप्रतिनिधिहरु बताउँछन् । नगर उप–प्रमुख शोभा कुमारी क्षेत्रीले प्रदेश कार्यलयहरुले आयोजना कार्यान्वय गर्दा सहकार्य नगरिकन गर्ने हुँदा पनि आफु आयोजनाबारे बेखबर भएको बताउनु हुन्छ ।

स्टिमेटमा एक बोरा सिमेन्ट बराबर चार बोरा बालुवा प्रयोग हुनुपर्नेमा एक बोरा सिमेन्ट बराबर ८ बोरा वालुवा प्रयोग गरेर निर्माण गरिएको वाल सिमेन्ट नै नराखेको पाएपछि स्थानीयले सामाजिक सञ्चालनमार्फत विरोध जनाएका थिए । स्थानीयको विराधपछि तीस मिटर लम्बाई र तीन मिटर उचाई रहेको सडकको छेउको वाल निर्माणमा ठेकेदारको लापरवाई भएको भन्दै भत्काइएको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय