गुल्मीको रिडी बल्कोट सडकखण्ड आजदेखि फागुन २० गतेसम्म बन्द गरिएको छ। रुरुक्षेत्र गाउँपालिका(१ साँखरा भीर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि सडक बन्द गरिएको हो। यो कामको कारणले यात्रुहरूको आवागमन प्रभावित हुने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गहरुमा सातमुरेदेखि(शृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरेदेखि(सीजीको बाटो हुँदै पाल्पा, र रिडीको सातमुरे रहदेखि(ठाडो खोला हुँदै रिडीको सडक प्रयोग गर्न सकिनेछ। मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले यो जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय