काठमाडौं । नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद बैठकमा एक किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने विषयमा दिएको जवाफमा चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो । गृहमन्त्री श्रेष्ठको सम्बोधन गरेलगत्तै एमालेका संसदीय दलका सचेतक महेश बर्ताैलाले सरकारले छानबिन समिति बनाउन अस्वीकार गरेको भन्दै आफूहरूको विरोध जारी रहने बताउनु भयो ।






