बर्दियामा जंगली गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट एक जना घाइते भएका छन् ।
मधुवन नगरपालिका वडानम्बर १ स्थित शिव सामुदायीक वनमा वन्यजन्तु अवलोकन गर्न जाने क्रममा बिदेशी नागरिक घाईते भएका हुन् । अमेरिक नागरिकलाई वन्यजन्तु अवलोकनका लागि शुक्रबार बिहान पदयात्रामा गएका ठाकुरबाबा नगरपालिका वडानम्बर ९ का ३५ वर्षीय नेचर गाईड मनमोहन चौधरीलाई गैडाले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । सामुदायीक वन भित्र हिड्ने क्रममा एक्कासी बच्चासहितको पोथी गैडाले सुरुमा अमेरिकन पर्यटकलाई आक्रमण गरी ढालेको र उनालाई बचाउन जाने क्रममा नेचरगाईडलाई गैंडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।



घटनामा ५७ वर्षीय अमेरिकन नागरिक एमसी लेन्डोन सावन गम्भीर घाईते भएका छन् । सावनको खुट्टाको पीडुल्ला च्यातिएको प्रहरीले जानकारी दिएको छ ।



