मकवानपुर । मकवानपुरको हेटौंडामा ५ राउण्ड हवाई फायर गरिएको छ । हेटौंडा–५ गर्दौई र हेटौंडा–८ को सीमानास्थित प्लटिङमा चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले ५ राउण्ड हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैंडाको खाग तस्करलाई पक्राउ गर्न हवाई फायर गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



घटनाबारे पूर्ण जानकारी निकुञ्जमार्फत गर्नेगरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।



