नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई सजाय तोकिएको छ । न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय सुनाएको हो ।

अदालतले १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ । अदालतले अख्तियारले मागदाबी लिएबमोजिम खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने जनाएको छ ।
गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नम्बर १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ । यसै मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ ।

अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी कायम गरेकोमा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने फैसला भएको छ । अख्तियारले ०७५ पुस २३ मा खड्काविरुद्ध मुद्दा चलाएको थियो । त्यसको करिब पाँच वर्षपछि फैसला आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय