गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ ।



सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्कँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गएराति दुर्घटनामा परेको हो ।



