बजारमा गोलभेंडाको आपूर्ति एक्कासि घट्दा मूल्य भने चर्किएको छ । गोलभेंडाको थोक मूल्य प्रतिकिलोग्राम एक सय रुपैयाँ माथि पुगेको छ । बजारमा खुद्रा मूल्य भने ठाउँअनुसार प्रतिकिलोग्राम १ सय ८० देखि दुई सय रुपैयाँसम्म पुगेको छ । उत्पादन पनि कम भएकाले बजार भाउ बढेको व्यापारीहरुले बताएका छन ।

कालिमाटी तरकारी बजारममा डेढ महिना अघिसम्म दैनिक ८० देखि ९५ टन गोलभेंडा भित्रिन्थ्यो । तर अहिले दैनिक २९ देखि ३५ टन हाराहारीमा मात्रै भित्रिने गरेको छ । भारतमा गोलभेंडाको अभावले नेपालबाट केही मात्रामा निर्यात भएकाले मूल्य बढेको हो ।

काठमाडौंको कालीमाटीमा आउने गोलभेंडा केही व्यापारीले भारतमा मूल्य बढी पाउने भनेपछि तराईको गोलभेंडा भारततिर गएको छ । यतिबेला गोलभेंडा अफसिजन भएकालेपनि उपभोक्ता मुल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय