सोलुखुम्बु –देश कै सबै भन्दा धेरै विमानस्थल भएको हिमाली जिल्ला सोलुखुम्बुको थुलङ दुधकोशी गाउँपालिका वडा नं २ मा रहेको काँगेल डाँडा विमानस्थल जहाजको पखाई मै सिमित बनेको छ । काँगेल डाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब एक दशकदेखि बिमानस्थल गौचरण र बनभोज थलोको रुपमा प्रयोग हुदैँ आएको छ ।

राज्यको करोडौ लगानीमा २०५२ सालमा निमार्ण गरिएको बिमानस्थलमा केही बर्ष हवाई सेवा सन्चालनमा आए पनि २०७२ साल पछि उडान तथा अबतरण ठप्प बनेको हो । नेचासल्यान, थुलुङ दूधकोशी, महाकुलुङ, सोताङ गाउँपालिका तथा खोटाङका केही भागका नागरिकलाई सहजताका लागि काँगेल डाडाँमा विमानस्थल निर्माण गरिएको थियो ।

स्थानिय मान बहादुर कार्कीले पहिले हवाई सेवा सन्चालन भएको तर अहिले हवाई सेवा सन्चालनमा नआउदाँ बिमानस्थल गौचरण र स्थानिय विद्यालय संघ सस्थाका मानिसहरुको पिक्निक खाने थलोको रुपमा परिणत भएको बताउदै बिमानस्थल सन्चालनमा आए राम्रो हुने थियो भन्दै विमान सेवा किन बन्द भयो अनभिग्यता प्रकट गरे ।बिमानस्थल सन्चालनमा नआउदाँ बिमानस्थलमा घास पलाएको छ भने विमानस्थलमा उपलब्ध भौतिक संरचना दिन दिनै जिर्ण बन्दै गएको छ ।

अहिले विमानस्थल रेखदेखका लागि ५ जना सुरक्षाकर्मी भने खटाइरहेको छ । संघीय सरकार मातहत रहेको उक्त विमानस्थल सञ्चालनमा ल्याउन २०७७ साल मंसिर २९ गते परिक्षण उडान भएको थियो । विमानस्थल सञ्चालनका लागि सो समयमा थुलुङ दुधकोशी गाउँपालिकाले गरेको पहलका कारण तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले स्थलगत निरिक्षण पनि गरेका थिए । तर उक्त विमानस्थल निरिक्षणमै सिमित बन्न पुगेको छ ।पहिले सडक यातायातको बिकल्पको रुपमा हवाई सेवालाई लिने गर्दथ्यो अहिले हवाई यातायातको बिकल्पको रुपमा सडक यातायात गाउँ गाउँ पुगेको कारण पनि हवाई सेवा सन्चालनमा प्रभाब परेको देखिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय