वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग सरकारले गरेको सहमतिअनुसार नै छनाविन र कारबाही हुने बताउनु भएको छ । वीरगञ्जमा प्रेस सेन्टरले गरेको कार्यक्रममा उहाँले पाँच बँुदे सहमतिमा उल्लेख भएअनुसार नै घटनाको छानविन गरिने बताउनु भयो ।

मन्त्री श्रेष्ठले घटनाको जोहेरीसमेतको आधार बनाएर छानबिन गरि दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याई सम्बन्धित निकायले छानविनलाई निष्कर्षमा पु¥याउने उल्लेख गर्नुभयो । गृहमन्त्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडित पक्षसँग गृह मन्त्रालयले गरेको पाँच बुँदे सहमतिबाट सरकार पछाडि नहटेको पनि उल्लेख गर्नुभयो । गिरीबन्धु चिया बगान प्रकरण बारेपनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनु भयो ।

धरान घटनालाई लिएर गृहमन्त्री श्रेष्ठले मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको उल्लेख गर्नुभयो । घटनामा संलग्नलाई संविधान र कानुनअनुसार कारबाही हुने उल्लेख गर्नुभयो । मिटरब्याजी विरुद्धको कानुन निर्माण, नक्कली भुटानी शरणार्थी प्रकरण संलग्नलाई कारबाही, ललिता निवास र सुन तस्करी प्रकरणमा चलिरहेको अनुसन्धान लगायतका कामले नै सरकार सुशासनको दिशामा बढेको कुरा प्रष्ट हुने मन्त्री श्रेष्ठको दाबी छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय