काठमाडौँ, १ जनवरी – आज ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष २०२५ को आरम्भ भएको छ। यस वर्षको शुरुवातको मापदण्ड इस्वी संवतको आधारमा गरिएको छ, जसको इतिहास जिजस क्राइष्टको फाँसीसँग जोडिएको मान्यता छ।
पोपाल ग्रेगोरियनले १५८२ मा जुलियन पात्रोको स्थानमा नयाँ ग्रेगोरियन पात्रोको प्रयोगलाई सुरू गरेका थिए। यस पात्रोको प्रभाव अहिले विश्वभर फैलिएको छ र यही पात्रोलाई आधार मानेर नयाँ वर्षको गणना गरिन्छ। यसै अनुसार आज, १ जनवरी २०२५, विश्वभर नयाँ वर्षको शुभारम्भ भएको छ।



नयाँ वर्षको स्वागतका लागि विश्वभर विभिन्न रंगीन र भव्य कार्यक्रमहरूको आयोजना गरिएको छ। समयको भिन्नतालाई ध्यानमा राख्दै, विश्वका विभिन्न देशहरूले नयाँ वर्षलाई फरक-फरक समयमा मनाएका छन्।
न्युजिल्याण्ड, अष्ट्रेलिया, बेलायत, चीन, हङकङ, ताइवान, जापान, स्पेन, फिलिपिन्स, थाइल्याण्ड, युएई लगायतका देशहरूमा नयाँ वर्षको उत्सव निकै धूमधामका साथ मनाइन्छ। विशेषगरी न्युजिल्याण्डको स्काइ टावर, अष्ट्रेलियाको ओपेरा हाउस र सिड्नी हार्बर ब्रिज, ताइवानको ताइपेई वान जिरो वान टावर र दुबईको बुर्ज खलिफामा भव्य आतिशबाजी प्रदर्शन गरिएको छ।
यस अवसरमा विश्वभरका मुख्य शहरहरूमा शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रम, रंगीन परेड र विभिन्न सांस्कृतिक उत्सवहरू आयोजना भइरहेका छन्।
आजको दिन नयाँ वर्षको साथ सबैलाई नयाँ आशा र सम्भावनाको शुभकामना दिइँदै छ।



