काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसी) बाट असार १६ गते आएको नयाँ मूल्यसूचीका विषयमा छलफल गर्न बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल-मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि प्रति लिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँका दरले घटाएको हो ।


यसैगरी, साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर १ सय १५ अमेरिकी डलर करिव १५०० रुपैयाँले घटेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय