काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुन तोलाको ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १ सय २५ रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



हिजो चाँदी तोलाको ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।




