सल्यानमा सञ्चालितदोस्रो एमएमकपक्रिकेट प्रतियोगिताको उपाधिज्योतिपुञ्ज एकेडेमी साहुटोलले जितेको छ ।आइतबार भएको उपाधिभिडन्तमात्रिभुवन जन माध्यमिकबिद्यालयलुहापिङलाई घरेलु मैदानमा७१ रनले हराउँदै ज्योतिपुञ्जले उपाधिजितेको हो ।उपाधिसँगै ज्योतिपुञ्जले तीस हजार रुपैयाँनगद, कप, मेडल र प्रमाणपत्रहातपारेको छ ।यस्तै उपविजेतामाचित्तबुझाएको माविलुहापिङले बीस हजार रुपैयाँनगदका साथै प्रमाणपत्रप्राप्त गरेको छ ।



माविलुहापिङले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछिज्योतिपुञ्जले २० ओभरमा७विकेट गुमाएर १३३ रनको योगफलबनायो ।ज्योतिपुञ्जकालागिआयुष केसीले ४४ बलमा ३३ तथाअनिलबस्नेतले ३७वलमा ३२ रनको योगदान दिनुभयो । यस्तै टिम क्याप्टेनप्रिन्स सेजवालले १६ रन, थेओफिलस ताम्रकार र योगेश केसी समान ६ रन जोड्नुभयो ।मावि लुहापिङका बिशाल थापाले ४ ओभरमा २६ रन खर्चिदैँ २ विकेट लिनुभयो । यस्तै बिशालसिंह, बिश्वास थापा, अभिनभ आचार्य रबिष्णु थापाले समान १ विकेट लिनुभयो ।
१३४ रनको विजयी लक्ष्य सहित मैदानछिरेको माविलुहापिङ १६ दशमलव ४ ओभरमा १० विकेट गुमाएर ६२ रनमा समेटियो ।माविलुहापिङकालागि बिष्णु थापाले १४ बलमा १३ रन जोडेपनि जितकालागि पर्याप्त भएन् ।यस्तै यस्वान केसीले १६ बलमा १० तथा रिजनदास श्रेष्ठले २१ बलमा १० रन बनाउन ुभयो ।नविशान विष्ट, सुजन महर्जन र अभिनव आचार्यले शून्य रन बनाउदा निशान्त आचार्य, बिशाल थापा, बिशाल सिंह, अनुज गन्धर्भ र बिश्वास थापाले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।ज्योतिपुञ्जकालागि प्रिन्स सेजवाल, कृष्ण बस्नेत, अनिल बस्नेत र सरोज भडेँलले समान २ विकेट लिनुभयो ।
यस खेलमा उत्कृष्ट ब्याटिङ र बलिङ गरेको ज्योतिपुञ्जका अनिल बस्नेत प्लेयर अफ द म्याच घोषित हुनुभयो ।एमएम एकेडेमीका सञ्चालक महेश देवकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।एमएम एकेडेमी खलंगाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा प्रतियोगिता सञ्चालनभएको थियो ।



